काठमाडौं, चैत १२ :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन्।
उनले अबको संसद पहिलेको संसद जस्तो नहुने आफ्नो विश्वास रहेको बताए । उनले अब बन्ने करिब दुईतिहाई नजिकको सरकारलाई राप्रपाले सदैव खवरदारी गरिरहने धारणा राखे । उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ