बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं, चैत १६ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा पुगि उनले आज अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकोे पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

अध्यक्ष ओलीलाई गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार