
प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय सभाकक्षमा दिउँसो २ बजेलाई तय गरिएको बैठकमा दलका शीर्ष नेता/संसदीय दलका नेताले सम्बोधन गर्दै छन् ।
संसद्मा सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट भीष्मराज आङ्देम्बे, एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुन, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राप्रपाका ज्ञानबहादुर शाही तथा स्वतन्त्र सांसद महावीर पुनले धारणा राख्नेछन्।
रास्वपा सभापति लामिछानेले ४० मिनेट बोल्न पाउने भए पनि उनले २५ मिनेट बोल्ने समय निर्धारण गरिएको छ। कांग्रेसबाट आङ्देम्बेले १० मिनेट बोल्नेछन् । एमालेबाट थापाले ८ मिनेट बोल्ने समय पाएका छन् ।
बैठकमा सबैभन्दा पहिला ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने र विभिन्न अध्यादेशहरू पेस गर्ने कार्यसूची तय गरिएको छ।