बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
राजनीति

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० चैत, २०८२ मा प्रकाशित
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
काठमाडौं, चैत २० :

परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार