बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नागरिकलाई गर्व र अपनत्व हुने गरी सरकारले काम गरोस् : सांसद अधिकारी

सेवाग्राहीको अनुहारमा निराशा नभइ सन्तुष्टि र आत्मसम्मान देखिनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
नागरिकलाई गर्व र अपनत्व हुने गरी सरकारले काम गरोस् : सांसद अधिकारी
काठमाडौं, चैत २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकलाई गर्व र अपनत्व हुने गरी काम गर्न सरकारलाई सुझाव दिएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले जनताले ठूलो विश्वास गरेर रास्वपालाई मत दिएको भन्दै सरकारप्रति नागरिकको आशंका नभइ गर्वका साथ सरकार आफ्नै हो भन्न सक्ने गरी काम गर्न सुझाव दिएकी हुन् ।

अहिले नेपालको राजनीतिले काँचुली फेरेको अवस्थामा भागबण्डा नभइ परिणाम दिने गरि काम गर्नुपर्ने उनले भनाइ थियो । सांसद अधिकारीले विपद्मा समेत राज्य नागरिकसंग टाढा बस्ने नभइ नागरिकको हात थाम्ने सहारा बन्न सक्नुपर्ने उल्लेख गरिन् ।  

उद्यम गर्ने वातावरण सुनिश्चित, सुरक्षित र आशावादी बन्दै जानुपर्ने र सरकारी कार्यालयबाट निस्किने हरेक सेवाग्राहीको अनुहारमा निराशा नभइ सन्तुष्टि र आत्मसम्मान देखिनुपर्ने उनले बताइन् । 

अधिकारीले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्वमार्फत देशलाई सही दिशामा लैजानुपर्नेमा जोड दिइन्। नागरिकको चाहनाबमोजिम सुशासन र सार्वजनिक सेवा प्रवाहमा द्रुत गतिले कामको थालनी गरेको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार