बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न राष्ट्रियसभा सदैव तयार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न राष्ट्रियसभा सदैव तयार
काठमाडौं, चैत २६ :

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित चन्द्रलोक प्रतिष्ठानको छैठौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाले कानुन निर्माण तथा सरकार र जनताको पुलको भूमिका निर्वाह गर्नुका साथै निरन्तर खबरदारी गर्दै आएको भन्दै आगामी दिनमा पनि नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न सदैव तयार रहेको बताएका हुन् ।

उनले कानुनहरू व्यवहारिक, समावेशी र समयकुल हुनुपर्ने उल्लेख गर्दै यसका लागि सामाजिक संस्थाहरूको अनुभव, सुझाव र सहभागिता अत्यन्त महत्वपूर्ण हुने धारणा राखे । सञ्चार, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले अभूतपूर्व परिवर्तन ल्याएपनि केही चुनौतीहरू पनि देखा पर्नु चिन्ताको विषय भएको उनले बताए । 

अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानसहित अन्य उपलब्धिहरू, मानवता, देशप्रेम, राष्ट्रिय एकता र सहयोगी भावनाको संरक्षण र प्रवद्र्धन गर्न सामाजिक संस्था तथा व्यक्तिहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

युवा पुस्तालाई सही मूल्य, आदर्श र जिम्मेवारीबोध दिलाउनु आजको मुख्य आवश्यकता भएकाले युवाहरूलाई केवल दक्ष मात्र नभइ जिम्मेवार नागरिकका रूपमा पनि तयार गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार