बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
राजनीति

अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा, दूतावासले गर्‍यो स्वागत

बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
अमेरिकी सहायक विदेशमन्त्री कपुर काठमाडौंमा, दूतावासले गर्‍यो स्वागत
काठमाडौं, वैशाख ७ :

दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । आज बिहान काठमाडौँ आइपुगेका उनलाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरे।

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट हुने बताए । 

अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गरे पनि उनी भने नेपाल भ्रमणकै लागि काठमाडौं आएका हुन् । 

सहायक विदेशमन्त्री कपुर बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार