बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
खेलकुद क्रिकेट

एकदिवसीय शृङ्खला : ओमानसँग नेपाल ए टोली पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
एकदिवसीय शृङ्खला : ओमानसँग नेपाल ए टोली पराजित
काठमाडौं, वैशाख ९ :

ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरेका हुन् । त्यसैगरी कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै तृतराज दासले ४८ बलमा ३१ रन बनाए । देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।

बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २/२ विकेट लिए । त्यस्तै होनैन अलिले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल बनाएको थियो । ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाएका हुन् । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।

यता नेपाल ए का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १/१ विकेट लिए । नेपाल ए र ओमानबीच अर्को खेल यही वैशाख ११ गते हुनेछ ।

यही वैशाख १२ गतेदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल ए टोलीसँग खेलेको हो । विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहभागी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार