वैशाख १७ गतेलाई डाकिएको संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि बोलाएको संसद् अधिवेशन स्थगित गरेको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।
सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम १७ बैशाखमा बिहीबारका दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।