बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

वैशाख १७ मा बोलाएको संसद् अधिवेशन स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० वैशाख, २०८३ मा प्रकाशित
वैशाख १७ मा बोलाएको संसद् अधिवेशन स्थगित
फाइल तस्बिर ।
काठमाडौं, वैशाख १० :

वैशाख १७ गतेलाई डाकिएको संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि बोलाएको संसद् अधिवेशन स्थगित गरेको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम १७ बैशाखमा बिहीबारका दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार