बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न सक्दैन : महन्थ ठाकुर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १४ वैशाख, २०८३ मा प्रकाशित
इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न सक्दैन : महन्थ ठाकुर
काठमाडौं, वैशाख १४ :

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले  मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन्।

जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने भन्दै ठाकुरले स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल-कलेजहरू र अदालतको कम्पाउन्डलाई अहिले प्रतिबन्ध गरिएकोमा ठाकुरले आपत्ति जनाए।

इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ। मधेसको समस्या काठमाडौँ आउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उनले बताए।  आज सबैलाई ब्यान्ड गरिएको छ, खारेज गरिएको छ,’ ठाकुरले प्रश्न गरे, ‘के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ?’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार