बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

तीन सहायक रथीको उपरथीमा पदोन्नति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
तीन सहायक रथीको उपरथीमा पदोन्नति
काठमाडौं, वैशाख १६ :

नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति भएका छन । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्तिजङ्ग बस्नेतलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आज आयोजित समारोहमा उनीहरुलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।कार्यक्रममा सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार