बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

त्रिभुवन विमानस्थलमा आपत्कालीन नमूना उद्धार

जहाजमा लागेको आगो तत्काल नियन्त्रणमा लिने कार्यको नमूना प्रस्तुत गरिएको थियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ वैशाख, २०८३ मा प्रकाशित
त्रिभुवन विमानस्थलमा आपत्कालीन नमूना उद्धार
काठमाडौं, वैशाख १७ :

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहीबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड तथा विमानस्थलको आपतकालीन योजना अनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पूर्णस्तरको आपतकालीन नमूना उद्धार अभ्यास गरेको छ।

अभ्यासका क्रममा आकस्मिक रूपमा विमानमा आगलागी भएको परिकल्पना गरी दमकल, सुरक्षाकर्मी तथा उद्धार टोलीले समन्वयात्मक रूपमा आगो नियन्त्रण गर्ने, यात्रु उद्धार गर्ने तथा घाइतेलाई सुरक्षित स्थानमा सार्ने अभ्यास प्रदर्शन गरेका थिए। दमकल टोलीले जहाजमा लागेको आगो तत्काल नियन्त्रणमा लिने कार्यको नमूना प्रस्तुत गरेको थियो।

यस प्रकारका अभ्यासले आकस्मिक दुर्घटनाको अवस्थामा छिटो, प्रभावकारी र समन्वयात्मक रूपमा प्रतिक्रिया दिन सहयोग पुग्ने विश्वास प्राधिकरणले जनाएको छ। केही महिनाअघि त्रिभुवन विमानस्थल नजिकै भएको विमान दुर्घटनामा चालक बाहेक अन्य सबैको ज्यान गएको घटनालाई समेत मध्यनजर गर्दै यस्ता अभ्यासलाई निरन्तरता दिइँदै आएको बताइएको छ।

विमानस्थलमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र उद्धार क्षमतालाई सुदृढ बनाउन यस्ता अभ्यासहरू समय–समयमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।

तस्बिर रासस ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार