बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने -राजदूत रोरेन्जो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ वैशाख, २०८३ मा प्रकाशित
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
काठमाडौं, वैशाख २५ :

युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताइन् ।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।
भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गरे । 

उनले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे ।
राजदूतले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताएकी थिइन् । राजदूत रोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार