बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

आयोगले सुकुमवासीको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सरकारलाई पठायो

अविलम्ब बसोबासको उचित व्यवस्थापन गर्न सुझाव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
आयोगले सुकुमवासीको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सरकारलाई पठायो
काठमाडौं, वैशाख २८ :

राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन आज सरकारलाई पठाएको छ ।

आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरुमा वर्षौँदेखि बस्दै आएका सुकुम्वासी बस्तीका घरटहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन सरकारलाई पठाएको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त क्षेत्रका बासिन्दाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायत अन्य मानवअधिकारको उपभोगमा परेको असर तथा निजहरुको मानवअधिकारको अवस्था सम्बन्धमा विभिन्न मितिमा आयोगले गरेको अनुगमन प्रतिवेदन पठाएको जानकारी दिए ।  

प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रुपमा उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरुलाई सम्बोधन गर्न भनिएको छ ।

होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन, बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्था गर्न, विस्थापितको रोजगारीको व्यवस्था गर्न, नदी किनार र सरकारी जग्गामा बसेका सुकुमवासीहरुको यथार्थ लगत तयार गरी उनीहरुको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।

प्रतिवेदनमा सांस्कृतिक महत्वका संरचनाहरुको स्थानान्तरण गर्न, वास्तविक सुकुम्वासीहरुको पहिचान गरी अविलम्ब बसोबासको उचित व्यवस्थापन गर्न लगायतका सुझाव समावेश गरिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार