बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

सुन्धारा कारागारबाट फरार तामाङ पुनः पक्राउ

फरार कैदीलाई लुकाउन सहयोग गरेका समीर श्रेष्ठ पनि पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ जेठ, २०८३ मा प्रकाशित
सुन्धारा कारागारबाट फरार तामाङ पुनः पक्राउ
काठमाडौं, जेठ ४ :

सुन्धारा कारागारबाट फरार कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति ठमेलबाट पक्राउ गरेको हो।

फरार कैदीलाई लुकाउन सहयोग गरेको आरोपमा भोजपुर घर भई काठमाडौं बस्ने २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार सपना फरार भएपछि समीरकै असनस्थित कोठामा बसेकी थिइन्। फरार कैदीलाई आश्रय दिएको आरोपमा पक्राउ परेका समीरमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार सपना र समीर प्रेम सम्बन्धमा रहेका छन्। २५ वर्षीया सपना नुवाकोटको विदुर नगरपालिका–१३ स्पाङ काउलेकी हुन्। उनी शुक्रबार राति करिब १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी थिइन्। प्रहरीका अनुसार सपना १७ वर्षको उमेरदेखि चोरीका घटनामा पक्राउ पर्दै छुट्दै आएकी थिइन्। २०७७ सालमा रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको अपहरणपछि हत्या गरेको अभियोगमा अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो। बालिकाको शव पछि भिरमको ओडारमा फेला परेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार