म्याग्दी, असोज २३ :

धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ ।

हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव आज भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो । 

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । शव ल्याउने तयारी भइरहेको छ । 

आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।