बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ
काठमाडौं, जेठ १२ :

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ बस्ने भारत पञ्जाव मोहालीका २६ वर्षीय अमितकुमार र काठमाडौँ महानगरपालिका–३ बस्ने भारत हरियाणा फरिदावादका ३९ वर्षीय राहुल कुमार रहेको प्रहरीले जनाएको छ ।

उक्त ठगीको अभियोगमा पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका–६ की २७ वर्षीया मुस्कान घिमिरे, मकवानपुर बकैया गाउँपालिका–९ का ३९ वर्षीय जनकबहादुर वाइबा, सुनसरी रामधुनी नगरपालिका–५ का २७ वर्षीय मिलन घिमिरे, काठमाडौँ महानगरपालिका–१५ बस्ने मोरङ बेलबारी नगरपालिका–३ का २७ वर्षीय कमल थापा तथा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ की ४० वर्षीया नितु घिमिरे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउमध्ये अमित र राहुलले क्यानडा पठाइदिने भन्दै रु एक करोड ५७ लाख ६५ हजार ४००, मुस्कानले ग्रिस पठाउने भनी रु १२ लाख, जनकले फ्रान्स पठाउने भन्दै रु १६ लाख, मिलनले क्रोएसिया पठाउने भनी रु तीन लाख ३५ हजार ठगी गरेका अभियोग छ ।

त्यस्तै, कमलले बेलायत, रोमानियालगायत देशमा पठाउने भन्दै रु २७ लाख ५० हजार र नितुले अमेरिका पठाउने भन्दौ रु २६ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको उपरीक्षक कार्कीले बताए ।

पक्राउ परेकामध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए  ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार