बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

आयोगका सिफारिस कार्यान्वयनमा सरकार उदासीन : अध्यक्ष मगर

राज्यका सबै निकायहरुले अझ बढी लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
आयोगका सिफारिस कार्यान्वयनमा सरकार उदासीन : अध्यक्ष मगर
काठमाडौं, जेठ १३ :

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ ।

आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले  मानवअधिकारका बिषयमा नेपाल सरकार समक्ष गरेका सिफारिहरुको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका छन् ।

स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको उनले बताए ।

उनले आगामी दिनमा सिफारिस कार्यान्वयनतर्फ सरकारले सकारात्मक पाइला चाहेमा मात्रै कानूनी शासनको प्रत्याभूतिका साथै मानवअधिकार संस्कृतिको निर्माण सम्भव हुने धारणा राखे ।

लोकतन्त्रमा व्यक्ति भन्दा प्रक्रिया र परिणाम महत्वपूर्ण हुने भन्दै अध्यक्ष मगरले राज्यका सबै निकायहरुले अझ बढी लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

साथै उनले नागरिक तथा राजनीतिक अधिकारको तुलनामा अझै पनि आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकारहरुको प्राप्ति र प्रयोग सन्तोषजनक हुन नसकेकाले राज्यले थप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार