बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रवि लामिछाने भारत प्रस्थान : पत्रकारलाई भने- फर्केर आएपछि कुरा गर्छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
रवि लामिछाने भारत प्रस्थान : पत्रकारलाई भने- फर्केर आएपछि कुरा गर्छु
फाइल तस्बिर ।
काठमाडौं, जेठ १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत गएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुलाई फर्केपछि मात्र कुरा गर्छु भनेर कुनै पनि प्रतिक्रिया दिएनन् । भारत भ्रमणको पूर्वसन्ध्यामा उनकै पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने कुराले लामिछाने केही तनाव भए जस्तो देखिन्थ्यो ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ २२ गते स्वदेश फर्कने छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार