बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

संसद् अवरोध जारी राख्ने प्रतिपक्षको निर्णय, प्रधानमन्त्रीले माफी माग्नुपर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
संसद् अवरोध जारी राख्ने प्रतिपक्षको निर्णय, प्रधानमन्त्रीले माफी माग्नुपर्ने
काठमाडौं, जेठ १८ :

प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद अरोध जारी राख्ने विपक्षी दलहरूले निर्णय गरेको छन्।

सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए। 

प्रधानमन्त्री शाहले नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको बताएपछि त्यसको विरोध भइरहेको छ। बैठकमा कांग्रेससहित, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका नेताहरू सहभागी थिए। सरकारको कार्यशैलीको विपक्षी दलहरुले एक स्वरमा विरोज जनाउँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार