बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार अर्थतन्त्र कर्पोरेट

बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० जेठ, २०८३ मा प्रकाशित
बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष
काठमाडौं, जेठ २० :

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ ।

महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले     आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटले  योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न बजेटले महत्वपूर्ण आधार निर्माण गर्नेमा आफूहरु विश्वस्त रहेको उनले  बताए ।

“बजेटमा उद्योग तथा व्यवसायमैत्री कर नीतिको सुधार, उद्यमशीलता विकास, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन र रोजगारी अभिवृद्धिमा केन्द्रित योजना, ऊर्जा तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मकरुपमा लिन सकिन्छ”, बजेटबारे महासङ्घको धारणा सार्वजनिक गर्दै उनले भने ।

महासङ्घले आर्थिक गतिविधिमा भएको सुस्तता, लगानी विस्तारको चुनौती, उत्पादन तथा बजार व्यवस्थापनका समस्या, वित्तीय पहुँचमा कठिनाइ तथा सिाना उद्योग व्यवसायीले भोग्दै आएका समस्या बजेटले सम्बोधन गर्ने अपेक्षा गरेको छ ।

“नीतिगत सुधारको घोषणाबाट लघु, घरेलु तथा साना उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, उत्पादन लागत घटाउन तथा बजार पहुँच विस्तार गर्न सहयोग पुग्नेछ”, अध्यक्ष सिंहले भने।

बजेटमा समेटिएका जनमुखी, उत्पादनमुखी तथा विकासमुखी कार्यक्रमको सफल कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्र र सरकार बीचको साझेदारीलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार