बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

उपत्यकाबाट बाहिरियो मौसम, दशैँमा केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
उपत्यकाबाट बाहिरियो मौसम, दशैँमा केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौँ , असोज २४ :

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । 

बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।  

 बुलेटिन अनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी र नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । 

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघगर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ ।

बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उक्त दिनहरुमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँले ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ ।

यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यका सहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू- भागबाट बाहिरिसकेको छ। 

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू- भाग र मधेस प्रदेशका पश्चिमी भू- भागका थोरै स्थानहरूबाट पनि मनसुन बहिर्गमन भएको छ । हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू- भागमा मनसुनी वायुको प्रभाव बाँकी छ । 

नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार