
सिराह, जेठ २५ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनको क्रममा झडप भएको छ। रामसोगारथ यादवको नेतृत्वमा कार्यसमिति चयन गरेर घोषणा गर्न दबाब दिएपछि विवाद उत्पन्न भएको बताइएको छ।
आफ्ना नातेदारको नेतृत्वमा कार्यसमिति गठन गरेको भन्दै विरोध भएको थियो।सोही क्रममा झडप भएको हो। नेतृत्व चयनमा सहमति हुन नसकेपछि मतदान प्रक्रियामा जाने भनी उम्मेदवारी दर्ता भई अन्तिम नामावली समेत जारी भइसकेको थियो।
झडप भएपछि आयोगका प्रमुख भुवन केसीले एक विज्ञप्ति जारी गरी मंगलबार बिहानसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका छन्। आज बिहान १० बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको थियो।