बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘सत्ता टिकाउनकै लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानमा बेलायतको संलग्नता खोजे’

वर्तमान नेतृत्वप्रति भारत सन्तुष्ट छैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ जेठ, २०८३ मा प्रकाशित
‘सत्ता टिकाउनकै लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानमा बेलायतको संलग्नता खोजे’
फाइल तस्बिर ।
काठमाडौं, जेठ २९ :

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन् ।  

शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरे । उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताए । 

अहिलेको विद्यमान नेतृत्वसित भारत सन्तुष्ट नरहेको र अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहेको जस्तो देखिएको उनको भनाइ छ । उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते भएको घटना कुनै क्रान्ति नभइ प्रतिगमन भएको धारणा राखे । अहिलेको सरकार स्थापीत भएदेखि नै स्वैच्छाचारिता र अधिनायकवाद लागू गर्न खोजेको उनको भनाइ छ । त्यस्तै उपाध्यक्ष थापाले जनतामा भ्रम छेरेर रास्वपाले विजय प्राप्त गरेको भन्दै उक्त भ्रम धेरै दिन नटिक्ने उल्लेख गरे ।

उनले पार्टीभित्रका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा बिजय हासिल गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार