बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नयाँ सदस्यता वितरणका लागि कांग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि

युवालाई प्राथमिकता दिन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
नयाँ सदस्यता वितरणका लागि कांग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि
काठमाडौं, असार १० :

नेपाली कांग्रेसले आगामी १५ औ महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । जसअनुसार नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। असार २० गतेसम्म सम्बन्धित जिल्लामा बसेर प्रतिनिधिहरुले काम गर्नेछन्।

नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरण गर्दा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न जिम्मेवारी दिइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार