काठमाडौं, असार १० :

नेपाली कांग्रेसले आगामी १५ औ महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । जसअनुसार नयाँ सदस्यता वितरण गर्नका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। असार २० गतेसम्म सम्बन्धित जिल्लामा बसेर प्रतिनिधिहरुले काम गर्नेछन्।

नयाँ सदस्य वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय प्रतिनिधिलाई नयाँ सदस्यता वितरण गर्दा ३५ वर्षमुनिका युवाको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न जिम्मेवारी दिइएको छ।