बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक #सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक
राजनीति

पर्यटनमन्त्री पौडेल भन्छन्- यात्रु अभावका कारण पहाडी क्षेत्रका विमानस्थलमा नियमित उडान गर्न समस्या

देशका ५५ विमानस्थल मध्ये ३४ वटा सञ्चालन योग्य र २१ वटा बन्द अवस्थामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ असार, २०८३ मा प्रकाशित
पर्यटनमन्त्री पौडेल भन्छन्- यात्रु अभावका कारण पहाडी क्षेत्रका विमानस्थलमा नियमित उडान गर्न समस्या
काठमाडौं, असार १७ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान गर्न समस्या भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलहरूबाट प्राप्त रिपोर्टहरू अनुसार उडान सञ्चालन हुन नसक्नुको मुख्य कारण यात्रु संख्याकै अभाव देखिने गरेको बताए।

देशमा जम्मा ५५ वटा विमानस्थलहरू रहेकोमा  ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य अवस्थामा र २१ वटा विमानस्थल हाल बन्द अवस्थामा रहेको उनले बताए ।

मन्त्री पौडेलले कालीकोटको सुनथराली विमानस्थल लगाएत अन्य पहाडी क्षेत्रका बिमानस्थलमा नियमित यात्रुको सुनिश्चितता भएको खण्डमा आवश्यक पर्ने प्राविधिक जनशक्ति , सञ्चार उपकरण लगायतका अन्य प्राविधिक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

उनले नागरिक उड्ययन प्राधिकरणसँग प्राविधिक जनशक्ति र उपकरणको कुनै कमी नरहेको तर उडान नै नभएको ठाउँमा जनशक्ति राख्नुभन्दा हाल उडान भइरहेका अन्य विमानस्थलहरूमा परिचालन गरिएको स्पष्ट पारे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार