बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश मधेस प्रदेश

एमालेका पूर्वसांसद कोइरी जेल चलाउन

उच्च अदालत जनकपुरले पाँच वर्ष कैद सजाय सुनाएको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
एमालेका पूर्वसांसद कोइरी जेल चलाउन
जनकपुर, असार १९ :

नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।

बिहीबार साँझ महोत्तरीको गौशालाबाट पक्राउ परेका कोइरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्ला अदालत महोत्तरीमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।

दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको घटनामा उच्च अदालत जनकपुरले बुधबार कोइरीलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। 

उनी सांसद निर्वाचित भएपछि लामो समय फरार सूचीमा रहेका थिए। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई दोषी ठहर गरेपछि कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरी कारागार चलान गरिएको हो। यसअघि उक्त मुद्दामा महोत्तरी जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार