बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘वैदेशिक रोजगारबाट फर्किएका नागरिकको सीप र अनुभवलाई राष्ट्रिय निर्माणसँग जोड्ने’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
‘वैदेशिक रोजगारबाट फर्किएका नागरिकको सीप र अनुभवलाई राष्ट्रिय निर्माणसँग जोड्ने’
काठमाडौं, असार २२ :

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगार सिर्जना गर्नका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले स्वदेशमा नै रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारबाट फर्किएका नागरिकको सीप र अनुभवलाई राष्ट्रिय निर्माणसँग जोड्न सक्ने गरी सरकार अघि बढेको बताए । उनले रोजगारीसँग सम्बन्धित विषयमा एकीकृत तथ्याङ्क सङ्कलन परीक्षणका क्रममा रहेको जानकारी दिए । 

२०८३ देखिको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको बताउँदै मन्त्री यादवले राष्ट्रिय रोजगार नीति, २०७१ लाई समयसापेक्ष बनाउन राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदा तयार भइरहेको समेत जानकारी दिए । 

मन्त्री यादवले श्रम अधिकार, मर्यादित काम र श्रमिक सुरक्षा केवल कानुनी प्रतिबद्धता मात्रै पर्याप्त नहुने भन्दै अधिकारको प्रभावकारी कार्यान्वयन गराउन श्रम निरीक्षण प्रणालीलाई प्राथमिकतामा राखेको बताए ।

उनले  मन्त्रालयको बजेटलाई सीमित स्रोतबाट अधिकतम परिणाम दिने गरी कमाउँदै सिक्दै अवधारणामा आधारित कार्यक्रम अघि सारिएको धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार