बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ असार, २०८३ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
काठमाडौं, असार २३ :

सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन् । 

सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गरेका थिए।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगका सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गरे ।

गत असार १ गते आव २०८३/८४ को बजेट प्रस्तुत भएपछि आज बसेको बैठकमा बजेट टेबल भएपछि अब बाँकी प्रक्रिया अगाडि बढ्ने छन् । प्रदेश सरकारले आगामी आवका लागि रु ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार विनियोजन गरेको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको छ ।

यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आव २०८२/८३ को विनियोजनबाट बचत हुने रु नौ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त हुने रु छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रु ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।

उक्त बजेट प्रस्तुत भएपछि सत्तासाझेदार दलहरूबीच नै मतभेद भएपछि २२ दिनपछि बाँकी प्रक्रिया अगाडि बढेको हो । अब अर्को बैठकमा बजेटसम्बन्धी छलफल अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार