बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सुकुम्वासीको विचल्लीप्रति रवि लामिछाने बोले : यो विषयमा म एकदमै गम्भीर छु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
सुकुम्वासीको विचल्लीप्रति रवि लामिछाने बोले : यो विषयमा म एकदमै गम्भीर छु
काठमाडौं, असार २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सुकुम्वासीको वर्तमान अवस्थाबारे प्रश्न गरेपछि लामिछानेले संक्षिप्त प्रतिक्रिया दिएका हुन्।

सञ्चारकर्मीले काठमाडौंका विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्वासीलाई होल्डिङ सेन्टरमा राखिएपछि अहिले त्यहाँबाट समेत हटाउन खोजिएको र त्यसका कारण उनीहरू खानबस्नसमेत समस्या झेलिरहेको उल्लेख गर्दै धारणा मागेका थिए।

जवाफमा लामिछानेले, “यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु। मैले बुझेको छु,” भने।

सरकारले काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्वासीलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। पछिल्लो समय उनीहरूलाई त्यहाँबाट पनि हटाउने तयारी गरिएको भन्दै प्रभावित परिवारहरूले आफूहरू थप समस्यामा परेको गुनासो गर्दै आएका छन्। यससँगै उनीहरूको बसोबास, खाद्यान्न तथा दैनिक जीविकोपार्जनसम्बन्धी समस्या झन् जटिल बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार