बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

प्राथमिकता निर्धारण नगरी संविधान संशोधन गरिए देश द्वन्द्वमा फस्न सक्छ : सभापति थापा

संवैधानिक निकायलाई सरकारको छाँया जस्तो बनाउन खोजियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
प्राथमिकता निर्धारण नगरी संविधान संशोधन गरिए देश द्वन्द्वमा फस्न सक्छ : सभापति थापा
फाइल तस्बिर ।
काठमाडौं, असार २५ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्न सक्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ बिषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन सक्ने बताए  । 

उनले सरकारले कुनै निश्चित वा प्रष्ट समस्यालाई सुधार गर्ने उद्देश्य नराखी समग्र अन्तरवस्तुलाई एकैपटक संशोधनको एजेन्डा बनाउन खोजेको भन्दै आपत्ति जनाए । लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता र समानुपातिक समावेशी प्रतिनिधित्वमा कुनै पनि सम्झौता नहुने कांग्रेसको स्पष्ट नीति रहेको उनको भनाइ छ । 

सभापति थापाले संघ र प्रदेश दुवैको संसदको आकार र मन्त्रिपरिषदको आकार घटाउने, स्थानीय सरकारलाई सवल बनाउने जस्ता बिषयमा संशोधन गर्न कांग्रेस तयार रहेको बताए । तर कुनै संरचना नै खारेज गर्ने जस्ता बिषयलाई अघि बढाएर देशलाई द्वन्द्वमा फसाउन नहुने तर्क गरे ।  

सभापति थापाले संवैधानिक निकायलाई बलियो बनाउनुपर्नेमा उनीहरुलाई सरकारको छाँया जस्तो बनाउन खोजिएको धारणा राखे । कांग्रेसले आफ्नो पार्टीभित्र र देशमा कतै भागबन्डा नगर्ने उल्लेख गर्दै सभापति थापाले संवैधानिक निकायमा शुद्धता हुनुपर्ने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार