काठमाडौं, असार २६ :

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विपक्षी दलका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रोस्टममा उभिएर सच्याउन माग गरेका छन् । साथै सांसदहरुले युवाले दिनदहाडै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न किन बाध्य भए ? भन्ने लगायतका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेश गर्नुहुने, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेश गर्नुहुने, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ९नं. ८१० माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ ९नं. ८१० लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।