बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव #सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव
समाचार

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

सक्रिय न्युज · सोमबार, ४ साउन, २०८३ मा प्रकाशित
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं, साउन ४ :

हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । 
    
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
    
आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार