बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार प्रदेश गण्डकी प्रदेश

बागलुङमा पर्यटक बोकेको स्कर्पियो पहिरोमा पुरियो, मानवीय क्षति भएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ साउन, २०८३ मा प्रकाशित
बागलुङमा पर्यटक बोकेको स्कर्पियो पहिरोमा पुरियो, मानवीय क्षति भएन
बागलुङ, साउन ५ :

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडकमाथिबाट खसेको पहिरोमा परी पर्यटक बोकेको स्कर्पियो पुरिएको छ।

सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्तिबाङ–ढोरपाटन खण्डको सुकुरदुङमा सोमबार राति अचानक सडकमाथिबाट खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियो पुरिएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईका अनुसार स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल मेसिनको प्रयोग गरी पहिरोले पुरिएको सवारीसाधन निकाल्ने तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार