बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’
काठमाडौं, साउन ८ :

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज आयोजित कार्यक्रममा उहाँले अपराधविरुद्ध जनचेतना फैलाउन तथा सुरक्षासम्बन्धी सही र विश्वसनीय सूचना सयममै प्रवाह गर्न एफएमले महत्वपूर्ण काम गरेको बताए ।

आगामी दिनमा क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवद्र्धनात्मक, गुणस्तरीय एवं विश्वसनीय नागरिक केन्द्रित कार्यक्रम प्रसारण गर्न एफएमलाई उनले निर्देशन दिए । उनले सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व भएको बताए ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि प्रहरी, नागरिक र तीनै तहका सरकारबीच सहकार्यको खाँचो औँल्याइन् । उनले नागरिक सुरक्षामा खटिइने प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ गर्न ट्राफिक एफएमले सेतुको काम गरिरहेको स्मरण गरिन् । वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति सुरक्षा र अमनचयन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीलाई साधनस्रोत सम्पन्न बनाइनुपर्नेमा जोड दिए । महानायक राजेश हमालले ट्राफिक व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै आमनागरिकले पनि त्यसमा हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सडक पूर्वाधार र प्रविधिमा लगानी गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले ट्राफिक प्रहरी, चालक र यात्रुबीच सूचनाको सेतु बन्न एफएम सफल भएको बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरण र नागरिकको जीउधन रक्षा गर्न एफएमले ट्राफिक व्यवस्थापन, मौसम र हवाई सेवालगायत प्रत्येक ३०/३० मिनेटमा ‘ट्राफिक अपडेट’ दिँदै आएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार