बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

निमार्णाधीन रसुवागढी एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० साउन, २०८३ मा प्रकाशित
निमार्णाधीन रसुवागढी एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर ।
रसुवा, साउन १० :

गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गरे । उनले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारूकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताए ।

सुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरूङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवागढी क्षेत्रको निरिक्षण पश्चात् गृहमन्त्री गुरूङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सिमाक्षेत्रको सुरक्षा मजबुद पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गरे ।  

गृहमन्त्री गुरूङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोवल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताए ।

यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतिय  ईभीभ्यानका  चालकको खोजीकार्य तिब्र पारिएको छ । राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार