बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

मुग्लिनको खहरे खोलामा खसेको पहिरो पन्छाइँदै, दुईतर्फी सडक खुल्न केहीबेर लाग्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
मुग्लिनको खहरे खोलामा खसेको पहिरो पन्छाइँदै, दुईतर्फी सडक खुल्न केहीबेर लाग्ने
चितवन, साउन १२ :

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरो धमाधम पन्छाइँदैछ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको छ ।  

डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र  दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उनले जानकारी दिए ।

उनले भने “थप पहिरो नखसेमा दिउँसोसम्ममा सडक सफा गरेर रोकिएका सवारी पार गराउने तयारी छ । ” मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढतर्फ पहिरोस्थल पर्दछ । चालीस मिटरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको हो । पहिरोले २० मिटर क्षेत्र ढाकेको छ ।  सफा गर्न कठिन भइरहेको छ । नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुनसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार