
ललितपुर, साउन १२ :
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेर निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो । श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।
कांग्रेस सभापति गगन थापाले साउन ७ गते बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठको योगदानको मूल्याङकन गर्दै पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए । उनको निधनप्रति सभापति थापाले गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।