बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सुनसरीलगायत जिल्लामा सामाजिक सदभाव कायम राख्न रास्वपा सभापति लामिछानेको अपिल

पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
सुनसरीलगायत जिल्लामा सामाजिक सदभाव कायम राख्न रास्वपा सभापति लामिछानेको अपिल
फाइल तस्बिर ।
काठमाडौं, साउन १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन्।   
सभापति लामिछानेद्वारा आज जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमार्फत उनले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलाई सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन समेत दिए । सभापति लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सदभाव खल्बलिने गतिविधि नगर्न तथा नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई आग्रह गरे ।

उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आह्वान गरे । “यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न र परिस्थिति सामान्यीकरण गर्न सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौ”, उनले विज्ञप्तिमा भनेका छन् ।

घटनाको मुख्य कारणसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

“घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गर्दछौ”, सभापति लामिछानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार