बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म यातायात सेवा बन्द
चितवन, साउन १२ :

नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आज राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सडकमा सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

सूचनामा नारायणगढ–मुग्लिन सडकअन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

सो सडकमा आज दिउँसो तीन पटक पहिरो पन्छाएर सवारीआवगमन सञ्चालन गरिएको थियो । सो ठाउँमा पहिलो पटक पहिरो झरेको हो । मुग्लिनबाट सात सय मिटर नारायणगढतर्फ खहरे पुलमा ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार