बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार भिडियो

लघुवित्त पीडितहरु भन्छन्- माग पूरा नभएसम्म घर फर्किनौं

सरकारले पटक-पटक आश्वासन दिए पनि माग सम्बोधन गरेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ साउन, २०८३ मा प्रकाशित
लघुवित्त पीडितहरु भन्छन्- माग पूरा नभएसम्म घर फर्किनौं
काठमाडौं, साउन १३ :

वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरूले बुधबार पनि प्रदर्शन गरेका छन् ।

देशका विभिन्न भागबाट काठमाडौँ आएका पीडितहरूले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन सहित दोश्रो दिन पनि प्रदर्शन गरेका हुन् । लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीका नाममा दिइने मानसिक यातना र आर्थिक भारका कारण हजारौँ परिवार विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

लघुवित्तका कर्मचारीहरूले घर घरमा पुगेर दुःख दिने गरेको र सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि माग सम्बोधन नगरेकाले काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपरेको पीडितहरुको भनाइ छ । पीडितहरूले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्कने जनाएका छन् । विशेषगरी यो आन्दोलमा महिला तथा वृद्धवृद्धाको उल्लेख्य सहभागिता रहेको छ । राज्यले उनीहरुको मागको सुनुवाई गरी तत्काल कार्यान्वयन गर्नुपर्नेमा नागरिक समाजका व्यक्तिहरुले समेत जोड दिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार