
काठमाडौं, साउन १३ :
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । सरकारका प्रतिनिधि र चिकित्सक संघबीच आज भएको वार्तामा पाँचबुँदे सहमति भएको हो ।
सहमतिसँगै चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नारायणी अस्पतालका चिकित्सकमाथि हातपात भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिदा देशभरका आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प भएको थियो । आन्दोलन फिर्ता भएसँगै भोलिदेखि सम्पूर्ण सेवा यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।