काठमाडौं, साउन १३ :
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठका छोराले दागबत्ती दिएका थिए ।
कांग्रेसका सभापति गगनकुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टीका शीर्ष नेताहरू आर्यघाट पुगेका थिए ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई यसअघि कांग्रेसको पार्टी सानेपा काठमाडौँमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । कांग्रेसको पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न दलका शीर्ष नेताहरू गएका थिए । वरिष्ठ नेता श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको निधन भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ