बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने #विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने
राजनीति

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय
काठमाडौं, साउन १४ :

राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्न प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने/गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको सुरक्षा परिषद्को ४३ औं बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना घट्न नदिनका लागि सबै सुरक्षा निकाय तथा प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम गर्दै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने / गराउने निर्णय भएको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थिति तथा समसामयिक घटनाहरूको गम्भीर विश्लेषण र समीक्षा गरिएको उनले बताए । साथै बिपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरुबीच समन्वय गरी समयमा नै खोज, उद्दार र राहतका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको सदस्यसचिव शर्माले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार