
काठमाडौं, साउन १४ :
नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुनेगरी अनिवार्य विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) उल्लेख गर्नुपर्नेछ ।
युवा श्रम तथा रोजगार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले साउन १३ गते उक्त निर्णय गर्दै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि लागू हुनेगरी पेस गर्नुपर्ने भएको छ ।
गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुईपक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।