
प्रतीकात्मक तस्बिर ।
उदयपुर, साउन १४ :
उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका–३ हडैयाका ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् । प्रहरीका अुनसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।
स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्याएको भए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ । तराईमा वर्षेनी पोखरी , नहर र खाल्डाखुल्डीमा जमेको पानीमा डुबेर थुप्रै व्यक्तिको अकालमै ज्यान जाने गरेको छ ।