बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
उदयपुर, साउन १४ :

उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–३ हडैयाका ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार र ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।  प्रहरीका अुनसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो । 

स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याएको भए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ । तराईमा वर्षेनी पोखरी  , नहर र खाल्डाखुल्डीमा जमेको पानीमा डुबेर थुप्रै व्यक्तिको अकालमै ज्यान जाने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार