बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव #सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव
समाचार प्रदेश मधेस प्रदेश

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्
काठमाडौं, साउन १६ :

सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८: बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु आदेश हटाइएको हो । यसअघि साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि  कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु  हटाइए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको छ ।

निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ तथा रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागु रहने छ ।

अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना निषेध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार