बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव #सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो#मन्त्री खडकराज पौडेल#दमकलमा प्राविधिक समस्या#कागेश्वरी मनोहरा#दमकल सेवा#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव
समाचार

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

सक्रिय न्युज · शनिबार, १६ साउन, २०८३ मा प्रकाशित
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि
काठमाडौं, साउन १६ :

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ ।

हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो ।

आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।

त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् ।

सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए । आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् । हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो ।

पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए

मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार