धनुषा, साउन १७ :

गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गरेका छन् । उनी दुईदिनदेखि जनकपुरमै बसेका छन्।

गृहमन्त्री गुरुङलाई  जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनीहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गरेका थिए ।

सुनसरीको देवानगन्जमा दुई पक्षबीचको झडपले हिंसात्मक रुप लिएपछि गृहमन्त्री गुरुङ घटनाको वास्तविकता तथा पीडित र घाइतेको अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।