बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
राजनीति

सरकारद्वारा हिमपहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
सरकारद्वारा हिमपहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
काठमाडौं, साउन १७ :

नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना गरेको छ ।

दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकी शव  खोजी कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ । साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास, इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको जनाएको छ । मन्त्रालयले  दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार